काठमाडौं । २०१३ सालमा स्थापना भएको देशको सबैभन्दा पुरानो विशुद्ध विज्ञान क्याम्पस अमृत क्याम्पसको ६७औं वार्षिकोत्सव एवम ११औं राष्ट्रिय विज्ञान दिवस मनाइएको छ । अमृत क्याम्पसले स्वर्गीय अमृतप्रसाद प्रधानको स्मरण गर्दै आफ्नो जन्मजयन्ती मनाएको हो ।
अमृत प्रधानको शालिकमा माल्यार्पण गरेर उक्त कार्यक्रममा उत्कृष्ट विद्यार्थी एवंम कर्मचारीलाई अमृत पदक वितरण गरिएको थियो । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा. डा. बिनिल अर्यालको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम अमृत क्याम्पस लैनचौरमा सम्पन्न भएको थियो ।
नेपाल सरकारले प्रत्येक वर्ष अमृत क्याम्पसको स्थापनाको दिन असोज १ मा नै राष्ट्रिय विज्ञान दिवस मनाउदै आएको छ । यस वर्षपनि ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशीला’ भन्ने मुल नाराको साथमा राष्ट्रिय विज्ञान दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै अमृत क्याम्पस स्वतन्त्र विधार्थी युनियनका सचिव रुद्रहरी पोखरेलले शैक्षिक क्षेत्रमा हुने राजनीतिक भागबन्डाले गर्दा विश्वविद्यालयहरुको गौरवपूर्ण इतिहासमा धक्का पुगेको बताए ।
विश्वविद्यालयहरुमा मिसन र भिजन सहित काम गर्ने इच्छाशक्ति बोकेको योग्य व्यक्ती जबसम्म नियुक्ति हुदैनन तबसम्म नेपालका उच्च शिक्षा अध्यन गर्ने क्याम्पसहरु ध्वस्त हुने उनले बताए । राष्ट्रिय विज्ञान दिवस वर्षैपिच्छे मनाउने, नंया नंया नाराहरु पनि आविष्कार गर्ने तर व्यवहारमा लागू पटक्कै नगरिएको प्रति सम्बन्धित निकायलाई समेत उनले ध्यानाकर्षण गराए ।
गर्भिलो ईतिहास बोकेका अमृत क्याम्पस जस्ता देशका शैक्षिक धरोहरहरुले विद्यार्थीहरुको आकर्षकको साख गुमाउनु नै शैक्षिक क्षेत्रमा हुने अनावश्यक राजनीतिक भागबन्डा भएको उनले दाबी गरे ।
उनले भने, ‘जसले गर्दा योग्य मान्छेहरुले जिम्मेवारि पाउदैनन र क्याम्पसहरु यसैगरी अस्तव्यस्त हुन्छ्न अनि विद्यार्थीहरु पढनकै लागि विदेसिनु पर्ने बाध्यता रहेको छ ।’ क्याम्पसहरुमा सिपमुलक र विधार्थिहरुको रोजाइमा पर्ने शैक्षिक कार्यक्रमहरु भित्राएर जिम्मेवार सबै निकायहरुले अनुशासनमा रहेर काम गरेमा मात्रै क्याम्पसहरुको स्थितिमा सुधार आउने उनले सुझाव दिए ।
अमृत क्याम्पसका संस्थापक स्वर्गीय अमृत प्रसाद प्रधानको सपनालाइ साच्चिकै सफल बनाउने हो भने अमृत क्याम्पसका क्याम्पस प्रमुख लोक बराल जिम्मेवार हुनपर्ने र क्याम्पसको समृद्धिको लागि स्ववियुले हातमा हात काधमा काध मिलाउन पछि नपर्ने तर सधै बहानाबाजी गर्दै पद जोगाउनको लागि मात्रै काम गर्ने हो भने क्याम्पस प्रमुखले तत्काल राजिनामा दिएर योग्य मान्छे नेतृत्वमा आएर अमृत क्याम्पसको पुरानो विरासत कायम राख्न भुमिका खेल्नुपर्ने उनको भनाइ थियो ।