काठमाडौं । नेकपा एमालेले संविधान दिवस (असोज ३ गते) काठमाडौंको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको छ । असोज ३ गते बिहान ७ बजे नारायणचौरको कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका छन् । अध्यक्ष ओलीले सोमबार एक भिडिओ सन्देश जारी गर्दै राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरिने उल्लेख गरेका छन् ।
अध्यक्ष ओलीले भनेका छन्, ‘हाम्रा हक संविधानमा लेखिएका दिन, असोज ३ गते । असोज ३ गतेको मर्निङवाक नेश्नल वाक, सेल्फी वीथ नेश्नल फ्ल्याग। आउनुस् नारायण चौरमा ३ गते भेट गरौं । यस पटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाऔं।’