उपत्यकाको १८वटा नगरापलिका मध्ये काठमाडौँको तारकेश्वर नगरपालिका पनि एक हो । तारकेश्वरमा विकास निर्माणका साथै व्यवस्थित र प्रविधिमैत्री सेवा प्रवाहको थालनी भएको छ । विभिन्न सामाजिक संघ संस्था र व्यावसायमा आबद्ध भइ आफ्नो पहिचान बनाइ २०७९ साल वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित हुनु भएका तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनसँग हालसम्म भएका काम र अबका योजनाका बारेमा हाम्रो संवाददाताले गर्नुभएको कुराकानीको सारसंक्षेप ।
तारकेश्वर नगरपालिकामा गत आर्थिक वर्षमा आन्तरिक आम्दानीको स्रोत कस्तो रह्यो ?
नगरपालिकाको करको दायरा बढाउने र दर घटाउने नीति अनुसार स्वच्छिक सहभागितासहितको कर विकासमा आत्मनिर्भर उन्मुख नगरको नारालाई कार्यान्वयन गर्न तारकेश्वर नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० मा ३० करोड पाँच लाख ३३ हजार रुपियाँ आन्तरिक राजश्वर उठाउने लक्ष्य लिएकोमा २०८० जेठ मसान्तसम्ममा २४ करोड ८५ लाख ४९ हजार अर्थात ८२ प्रतिशत राजश्व प्राप्त गर्न सफल भएका छौँ । गत वर्षदेखि नै नगर क्षेत्रभित्र रहेका व्यावसायिहरुको व्यावसाय दर्ता तथ्याङ्क सङ्कलन शुरुवागत गरी यस वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिइ २०८० जेठ मसान्तसम्ममा तीन हजार ५८४ व्यावसायहरुलाई करको दायरामा ल्याइ हालसम्म नगरपालिकाले चार हजार ९५५ व्यावसायबाट कर सङ्कलन गरिएको छ । अनलाइन सिष्टममार्फत व्यावसायहरुको लगत व्यवस्थापन गरिएको र नगरपालिकामा डिजिटल भुक्तानी प्रणालीको थालनी गरिएको र नगरपालिका भित्रै बैंकको काउन्टरको व्यवस्था गरी व्यवस्थितरुपमा कर सङ्कलन गर्न थालिएको छ ।
तपाई निर्वाचित भएर आएको पन्ध्र महिनाको अवधिमा तारकेश्वर नगरपालिकाले शिक्षा क्षेत्रमा नागरिकले अनुभूती गर्ने गरी गरेको काम के के हुन् ?
तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यायहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि स्मार्ट डिजिटल बोर्डहरु जडान गरी प्रविधिमैत्री सिकाइको थालनी गरेको छ । नगर शिक्षा अधिकारीसँग सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सामुदायिक विद्यालयको प्रधानअध्यापकबाट सम्बन्धित विद्यालयमा कार्यरत शिक्षकहरुसँग कार्यसम्पादन करार सम्झौता गरी शैक्षिक सुधारको थालनी गरिएको छ । सामुदायिक विद्यालयका सबै विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष निर्वाचित जनप्रतिनिधि नै रहने व्यवस्थाको चालु शैक्षिक सत्रदेखि सुरुवात गरेका छौं । जिल्लास्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिका द्धितिय स्थान हासिल गर्न सफल भएका छ । शिक्षामा गत वर्षको भन्दा आर्थिक लगानी बढाएका छौं । सामुदायिक विद्यालयहरुमा कमजोर आर्थिक अवस्था मात्र भएका व्यक्तिहरु पढ्छन भन्ने भनाइलाई हामीले गलत सावित गरी तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयमा सबै वर्गका व्यक्ति पढ्ने अवस्था बनाएका छौं । सामुदायिक विद्यालयहरुमा बसको व्यवस्था गरेका छौं । जिपिए तयारी कोष नै राखेर शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्य लिएका छौं । कुल २१ वटा सामुदायिक विद्यालयका पहिलो दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई नगरपालिकाले शनिबार समेत पढाएर उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने तयारी गरेका छौं ।
स्थानीय नागरिकको अपेक्षा अनुसार भौतिक पूर्वाधार निर्माणतर्फ के कति काम भए ?
नगरपालिकाले “पहिचान अपनत्व र अधिकार दिगो विकासको आधार” भन्ने नाराका साथ भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएका छौं । नगर प्रमुख र कार्यालय प्रमुखबीच कार्यालयको कार्य सम्पादन करार सम्झौता गरी कार्यालयको कामलाई थप चुस्त दुरुस्त बनाइ योजना समयमा सम्पन्न गर्ने गरी योजना बनाइ कार्यान्वयन गरेका छौं । २०८० जेठ मसान्तसम्ममा ११.२८ किलोमिटर सकड कालोपत्रे सम्पन्न गरेका छौ । १४.४७ किलोमिटर सडक ढलान, ६.५ सडक स्तोरन्नती, ७.४ किलोमिटर ढल व्यवस्थापन, १६.१ कि.मी डिमारकेशन वाल निर्माण कार्य सम्पन्न गरेका छौँ । ११० वटा मङ्गल निर्माण गरिएको, ३४ वटा सार्वजनिक पाटी, पौवा, मन्दिर निर्माण भएको, १५ वटा पुल, पुलेशा, कलभट निर्माण गरिएको, पहिरो रोकथाम तथा ग्याभिन जाली ४२ वटा निर्माण भएको, दुईवटा सार्वजनिक शौचाल तथा नगर उज्यालो कार्यक्रम अन्तर्गत नगरका विभिन्न मुख्य तथा भित्री सडकहरुमा ५१३ वटा सडकमा सौर्य सडक बत्ती जडान गरिएको छ । शान्ति सुरक्षा कायम गर्नका लागि नगरपालिकाका विभिन्न स्थानमा १५३ वटा सिसि टिभी जडान गरिएको, साथै साङ्ला खोला वडा नं. १ र ७ पुल, हिमाली टोल वडा नं. १० देखि टोखा ८ मा मितेरी पुल र वडा नं. ११ गुम्बादेखि टोखा ९ को मितेरी पुल निर्माणको लागि आवश्यक डिपिआर निर्माणको चरणमा रही टेण्डर हुने प्रक्रियामा रहेको छ । नगरपालिकालाई नमूना बनाउने गरी काम गरेका छौँ ।
नगरपालिका क्षेत्रमा नयाँ घर निर्माण प्रक्रिया त्यत्तिकै बढ्दै छ नगरपालिकाले नक्शापास प्रक्रियालाई कसरी व्यवस्थित गरेको छ ?
नक्शापास सम्बन्धि प्रक्रियालाई व्यवस्थित बनाउनका लागि इलेट्रोनिक विल्डिङ परमिट सिष्टम ( इवीपीएस) प्रणाली लागू गराउने प्रक्रिाया अन्तिम चरणमा पुर्याइएका छौँ । गत जेठ मसान्तसम्म ६८९ अस्थायी नक्शा पास, २८५ वटा स्थायी नक्शापास, ८५४ निर्माण सम्पन्न, नामसारी संशोधन, अभिलेखीकरण भवनको निर्माण सम्पन्न गरिएको छ । १३७ वटा टहरा नक्शापास भएका छन् । संस्थागत सेवा प्रवाह र सुशासन प्रबद्र्धन तर्फ ःतारकेश्वर नगरपालिकाको काम कारवाहिमा पारदर्शिता कायम गर्न नागरिकको सूचनाको हक संरक्षण र सम्बद्र्धन गर्नका लागि राष्ट्रिय सूचना आयोगको पीडिएमएसमा आबद्ध भएको, आवश्यकता अनुसार ऐन, नियम कानुन र कार्यविधि, निर्देशिका मापदण्डहरुको मस्यौदा तयारी तथा सम्बन्धि समिति, बैठक सभा समक्ष पेश गरिएको, नगरपालिकामा बसोबास गर्ने नगरबासीलाई आइपर्न सक्ने आकस्मिक सेवालाई व्यवस्थित गर्न तथा सेवा प्रवाह सम्बन्धि गुनासो सम्बोधन गर्न २४ सै घण्टा निःशुल्क टोल फ्रि नम्बर व्यवस्थापन गरिएको, नगर कार्यपालिकाकाको कार्यालयबाट प्रदान गरिने सेवालाई व्यवस्थित् गर्न ( एकद्धार सेवा प्रणाली ) आवश्यक संरचना निर्माण तथा सेवा सञ्चालन गरिएको छ ।
नगरपालिकाको क्षेत्रका किसानलाई व्यावसायिक बनाउनका लागि नगरपालिकाले केके योजना बनाइ कार्यान्वयन गरेको छ ?
स्थानीय किासनलाई हामी निर्वाचित भएर आएपछि हिउँदे तथा बर्खे घाँसको वीऊ खरिद तथा वितण गरिएको, ९१ थान ६० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गरिएको, पाँच हजार ८०० केजी गहुँको वीऊ वितण, १७ वटा खेत जोत्ने मिनी टिलर वितरण गरेका छौं । त्यस्तै १८४ केजी सिताके च्याउको वीऊ १७५ किलो कन्य च्याउको वीऊ ५५८ सेट जैविक किटनाक विषादी वितरण विभिन्न सहकारीहरुले कृषकहरुलाई वितरण गर्न कृषि सामाग्री कम्पनीहरु र साल्ट टे«डिंग कर्पुरेशन लिमिटेडलाई कोटा अनुसारको मल दिन सिफारिस गरेका छौं । कृषकहरुलाई आत्मनिर्भर बनाउने योजना हामीले कार्यान्वयन गरेका छौँ । नगरबासीहरुलाई क्षेत्रगतरुपमा उद्यमशिलता बढाइ सीप सिकाइको अवधारणा अनुरुप उद्यमी सिर्जना गरिएको, उहाँहरुलाई उद्यमशिलता सीप सिकाइ व्यावसाय सञ्चालन गर्नका लागि सिलाइबुनाइ मेसिन, कफि बनाउने मेसिन, फेसियल बेड, हेयर ड्रयर, कृषकका लागि बाख्रा, तरकारी खेतीका लागि स्प्रेर पम्प, कुखुरापालक किसानका लागि पानी ट्याङ्की र हिट दिने भाँडो वितरण गरिएको लघु कर्जा सम्बन्धि अन्तरक्रिया कार्यक्रमका साथै बजार र बजारीकरण तथा परामर्श प्रदान गरेका छौंँ समग्रमा नगरबासीलाई आत्मनिर्भर बनाउने काममा हामी सक्रिय छौं ।
नगरपालिकाले ज्येष्ठ नागरिकका लागि कस्तो नीति बनाइ कार्यान्वयन गरेको छ ?
नगरपालिकाले ज्येष्ठ नागरिकका लागि स्कुल सञ्चालन गर्दैछ । आमाबुबालाई घरमा एक्लै बस्न नपरोस् भनेर जसरी विद्यालयले बालबालिकाई घर घरमा बस लिन जान्छ त्यस्तै गरी ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर बिहान १० बजे लिन जाने र साँझ ५ बजेसम्म उक्त विद्यालयमा ज्येष्ठ नागरिकका अनुभव आदान प्रदान गर्ने कार्यको शुरुवात गर्दैछौँ । उक्त विद्यालयमा आमाबुबाले आफूले जानेको सीप आदानप्रदान गरी र टपरी गाँस्ने, चकटी बुन्ने, बत्ति काटन् भजन गाउने योग ध्यान गर्न लगाउने गरी ज्येष्ठ नागरिक स्कूलको व्यवस्था गर्दैछौं । नगरपालिकाको वडा नं. ६ मा रहेको १४ रोपनी जमिनमा ज्येष्ठ नागरिक स्कूल बनाउने तयारी गरेका छौँ ।