- श्यामकृष्ण लम्साल
फेरि अर्को कथा
समयले लेख्नु छ,
फेरि अर्को कोल्टे
समयले फेर्नु छ,
इतिहासमा रम्नेहरुको
वर्तमानमा झुम्नेहरुको
साँचो कथा र व्यथाको इतिहास
समयले पर्गेल्नु परेको छ ।
आखिर समय परिवर्तनशिल छ
पृथ्वी गोलो छ
समयचक्र गतिशिल छ
हिजोको आज
आजको भोलिको चक्रमा मात्रै
समय घुमिरहन मिल्दैन
फेरि अर्को कथा
समयले लेख्नु छ
फेरि अर्को कोल्टे
समयले फेर्नु छ ।
— दिङ्गला, भोजपुर