काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष तोकेको छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले प्रदेशमा जिम्मेवारी तोकेको हो । यसबारे अन्तरपार्टी निर्देशन पठाउँदौ नेता तथा कार्यकर्तालाई जानकारी गराएको छ ।
एकीकृत समाजवादीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी घनेन्द्र बस्नेतलाई दिएको छ । सहइन्चार्जमा राजेन्द्र राई र देउमान सम्बाहाम्फे तथा अध्यक्षमा बलदेव चौधरी तोकिएका छन् ।
त्यस्तै, मधेश प्रदेशको इन्चार्जमा धर्मनाथप्रसाद साह, सहइन्चार्जमा रामप्रित पासवान, रत्नेश्वर गोईत र कल्याणी खड्का तथा अध्यक्षमा रामचन्द्र यादव रहेका छन् । बागमती प्रदेशको इन्चार्जमा गंगालाल तुलाधार, सहइन्चार्जमा ललित बस्नेत र अध्यक्षमा सावित्रा भुसाल चयन भएका छन् ।
गण्डकीको इन्चार्जमा तुलबहादुर गुरुङ, सहइन्चार्जमा शारदा सुवेदी र अध्यक्षमा रामजी शर्मा तोकिएका छन् । लुम्बिनी प्रदेश इन्चार्जमा हरि पराजुली, सहइन्चार्जमा निर्मल सुवेदी र अध्यक्षमा सोमप्रसाद पाण्डे रहेका छन् ।
प्रकश ज्वाला कर्णाली प्रदेशको इन्चार्ज बनेका छन्। सहइन्चार्जमा चन्द्रबहादुर शाही, शेरबहादुर केसी र हंशबहादुर शाही तथा अध्यक्षमा अम्मरबहादुर थापा छन् । सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गरिमा शाह, सहइन्चार्जमा रामकुमार ज्ञवाली, परमानन्द भट्ट, प्रेमबहादुर आले मगर र हनुमान चौधरी तथा अध्यक्षमा हर्कबहादुर सिंह तोकिएका छन् ।


