ललितपुर । कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य नेपाल सरकार राजपत्राङ्कीत द्धितिय श्रेणी ( उपसचवि) पदमा बढुवा भएका छन । लोक सेवा आयोगले शुक्रबार सार्वजनिक गरेको नेपाल प्रशासन सेवाको रिक्त पदमा कार्यक्षमता मूल्याङ्कद्धारा जारी गरेको सूचनामा आचार्य उपसचिव पदमा बुढुवा भएका हुन ।
अब्बल प्रशासकको रुपमा चिनिदै आएका आचार्य कुुशल प्रशासक हुन । कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कुशल प्रकाशक आचार्यको बढुवाले गाउँपालिका हर्षित भएको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय आचार्य बढुवा भइ अन्य कार्यालयमा सरुवा हुँदा गाउँपालिकाको प्रतिष्ठा बढ्ने उनको भनाइ छ । अब गाउँपालिकाले आचार्यको बिदाइ भव्यरुपमा गर्ने समेत स्पष्ट पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचार्यलाई गत २०८० साल भदौ कोन्ज्योसोम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी प्रदान गरेको थियो ।