भक्तपुर, पुस २७ गते । भक्तपुर (गुण्डूू) नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखामा मनकराम थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
शनिबार सम्पन्न भएको शाखाको २३ औं उपशाखा सभा तथा छैठौं अधिवेशनमा थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।
उक्त समितिमा महिला उपसभापतिमा अनिता बस्नेत, सचिव राजाराम वाग्ले, कोषाध्यक्ष मूना कुँवर, उपसचिव मञ्जुु थापा, उपकोषाध्यक्ष राजु थापा, महिला सदस्य रुस्विना प्रजापति (अवाल), सदस्य नगेन्द्र सापकोटा, बालमकुन्द पौडेल, गणेश वाग्ले र रामकुुमार बस्नेत सर्वसम्मत रुपमा चयन भएका छन ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल सरकारका पूर्व मन्त्री महेश बस्नेतले सामाजिक काम गर्ने प्रवृत्तिमा कमी आएको भन्दै सामाजिक कार्यमा सक्रियरुपमा लाग्न रेडक्रसकर्मीलाई आग्रह गरे ।
बस्नेतले रेडक्रस सोसाइटीले थुप्रै सामाजिक कार्य गर्न सक्ने भन्दै सामाजिक कार्यमा आफ्नो तर्फबाट खुुलेरै साथ र सहयोग हुने बताए ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपमहामन्त्री मनोजुकुमार थापाले रेड्क्रसको केन्द्रमा देखिएका समस्याले रेडक्रसले अपेक्षाकृत कार्य गर्न नसकेको चर्चा गर्दै छिट्टै केन्द्रको समस्या समाधान भइ रेक्रसले गति लिने विश्वास व्यक्त गरेका छन ।
सूूर्यविनायक नगरपालिका वडा नंं ७ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले रेड्क्रस सोसाइटीले गुुण्डू उपशाखाले अपेक्षाकृत कार्य गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै वडा कार्यालय र नगरपालिकाको सबै सामाजिक संस्थालाई साथ र सहयोग गर्दै आएको बताए ।
बन्द सत्रमा उपशाखाको तर्फबाट निवर्तमान ससहचिव अनिता बस्नेतले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष गणेश वाग्लेले वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए ।