काठमाडौं । गायक प्रकास सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । आगामी चैत २२ गते देखि प्रदर्शनमा आउन लागेको फिल्मको गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । निर्देशक प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा स्वर शान्ति श्री परियार र गायक तथा संगीतकार सपुतको सुन्न सकिन्छ ।
मौसम हिमालीको कोरियोग्राफी तथा प्रविन भट्टको सम्पादन रहेको गीतमा गायक तथा निर्देशक प्रकास सपुतले बागलुङ जिल्ला आसपासमा परिचित यानिमाया, सालैजो र घाँस-दाउरा अनि मेलापातमा प्रयोग हुने टिपिकल ग्रामिण परिवेश देखाएका छन् ।
जसले दर्शकको मन जित्ने देखिन्छ । गीतको भिडियोमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् ।