काठमाडौँ । नेकपा एमालेको गैर भौगोलिक कमिटी 'युवा विद्यार्थी विशेष जिल्ला कमिटीको' कार्यालय शुभारम्भ गरिएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश इञ्चार्ज सुजिता शाक्यले उद्घाटन गरेकी हुन् । काठमाडाैँ -१० बुद्धनगर स्थित बागमती करिडोरमा आज सो कार्यलयको उद्घाटन गरिएको हो ।
उद्घाटन पश्चात संक्षिप्त मन्तब्य राख्दै शाक्यले भनिन्, 'पार्टी संगठनको काम सरल, सहज र व्यवस्थित गर्नको लागि कार्यालय आवश्यकता पर्छ, यो कमिटीले कार्यालय राखेर पार्टी काम व्यवस्थित गर्न लागेकोमा खुशी लागेको र संगठनको काम योजनावाद्दा रुपमा गर्न सुझाव दिन चाहन्छु ।'
कार्यालय उद्घाटन कार्यक्रममा कमिटीका इन्चार्ज रमेश पौडेलले संगठन चलायमान, गतिशील बनाउन र आसन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउन कमिटीले ठोस योजनाको साथ अघि बढ्न निर्देशन समेत दिएका थिए ।
सो कार्यक्रममा प्रदेश अध्यक्ष प्रेम पराजुली सचिव मिलन धरेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो । '२०४८ सालमा देखि यो कमिटी निरन्तर कृयाशिल रहेको र यसको संस्थापक सचिव शंकर पोखरेल हुनुहुन्छ' कमिटीका अध्यक्ष सुदर्शन शिवाकोटीले बताए ।
'स्थापना काल (२०४८) देखि २०७५ सम्म यो कमिटीको नाम विद्यार्थी विशेष जिल्ला कमिटी थियो । तर २०७५ मा एमाले-माओवादीको एकता पश्चात् 'युवा' समेत थपेर 'युवा विद्यार्थी विशेष' नामाकरण गरिएको र पार्टी फूट पश्चात् पनि यहि नामबाट नै कमिटीले आफ्नो गतिविधि गरिरहेको' सो कमिटीका प्रचार विभाग प्रमुख किरण देउजाले बताए ।
यस अघि उपत्यका प्रदेशको कार्यालयबाटै नै युवा विद्यार्थी विशेषले आफ्ना राजनीति तथा सांगठनिक गतिविधिहरु गर्दै आइरहेको थियो ।