काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय कमिटीको बैठकको समापन गर्दै ओलीले यस्तो बताएका हुन् । केन्द्रीय कमिटीको बैठकमा १५५ जना सदस्यले आफ्ना धारणा राखेका थिए ।
उनीहरुको जवाफ दिने क्रममा ओलीले संविधान संशोधनको अवस्था नरहेको बताएका हुन् । ‘अहिले राष्ट्रिय सभामा एमालेको बहुमत छैन, २०८७ सालमा एमालेको बहुमत पुग्छ अनि त्यतिबेला संविधान संशोधन गर्नेछौं,’ ओलीले भने ।