काठमाडाैँ । मेरिकामा भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् । कयौं राज्यमा आपतकाल घोषण समेत गरिएको छ ।
केन्टकी, भर्जनिया, वेस्ट भर्जनिया, कान्सास, न्यू जर्सी र मिसौरीलगायत राज्यहरूले आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ । भारी हिमपातका कारण यी राज्यहरूका सबै राजमार्गहरू बन्द छन् । त्यहाँका प्रशासनले सडक मार्ग नखुलाउन सुझाव दिएको छ । हिम आँधीका कारण हजारौं उडान प्रभावित भएका छन् भन स्कुलहरू बन्द भएका छन् ।
भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ । कन्सास र मिसौरी अहिले सबैभन्दा बढी प्रभावित छन् । आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिमपात भएको छ ।
देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको समाचारमा उल्लेख छ । वाशिंगटन डीसी र फिलाडेल्फियालगायत धेरै ठूला शहरहरूमा भारी हिमपात हुने सम्भावना छ ।
मौसम विभागका अनुसार हिमपातका कारण देशको मध्यदेखि पूर्वी भागसम्म करिब २० राज्यमा अवस्था गम्भीर हुने अनुमान गरिएको छ । मौसम विभागका अनुसार सोमबारदेखि मौसममा क्रमिक सुधार आउने संभावना छ । (एजेन्सी)