काठमाडौं । नवरात्रको नवौँ दिन आज सोमबार पनि महाअष्टमीको पूजा आराधना गरिँदै छ । तिथि वृद्धि भएर यस वर्ष अष्टमी दुई दिन परेकाले दुवै दिन महाअष्टमीका कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिबाट स्वीकृत पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख छ । सोहीअनुसार कात्तिक १ गते गरिएका महाअष्टमीका कर्म आज २ गते पनि दशैंघर वा पूजा कोठामा दोहोर्याउनुपर्ने समितिले जनाएको छ ।