भक्तपुर । सूूर्यविनायक नगरपालिकाले चालू आर्थिक वर्षको ५ महिनामा ११ करोड ८८ लाख ५ हजार ७ सय ३ रूपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष ५ दशमलव ६० प्रतिशत रकम बढी राजस्व संकलन गरेको हो । शुक्रबार नगरपालिकाको सत्रौं अधिवेशनमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष ५ दशमलव ६० प्रतिशत राजश्व बढी संकलन भएको हो ।
गत आर्थिक वर्षको पाँच महिनामा नगरपालिकाले ११ करोड २४ लाख ९० हजार ८ सय ५१ रूपैयाँ राजस्व संकलन गरेको थियो । नगरपालिकाले चालू आर्थिक वर्षमा ४३ करोड ६० लाख ७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको नगरसभामा प्रस्तुुत गरिएको छ ।
नगरपालिकाका प्रमुुख वासुदेव थापाले यस आर्थिक वर्षको बाँकी ७ महिनामा लक्ष्य अनुसार नै राजश्व संकलन हुने अपेक्षा नगरपालिकाले गरेको बताए । उनले चालू आर्थिक वर्षका बाँकी ७ महिना धमाधम योजना कार्यान्वयनमा हुने समय भएकाले बजेट खर्च प्रतिशत पनि धेरै हुने राजश्व पनि बढी संकलन हुने विश्वास व्यक्त गरे ।
नगरपालिका उपप्रमुख सरिता तिमसिना भट्टराईले चालू आर्थिक वर्ष २०८१÷८२ मा नगर सभाबाट स्वीकृत ३०३, नगर कार्यपालिकाबाट स्वीकृत ३५, संघ÷प्रदेशबाट अख्तियार प्राप्त ३१ र विपद् व्यवस्थापनका लागि नगर कार्यपालिकाबाट स्वीकृत २१ गरी जम्मा ३९० वटा योजना रहेकोमा हाल सम्म १२० वटा योजनाहरु सम्झौता भई योजना अनुगमन गरी ३४ वटा योजना फरफारक गरिएको जानकारी दिइन् ।
अधिवेशनमा नगरपालिका प्रवक्ता तथा सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, विधायन समितिका संयोजक प्रदिप कार्की, राजस्व परामर्श समिति एवं न्यायिक समितिका संयोजक सरिता तिमसिना, सार्वजनिक लेखा समितिका संयोजक राजकुमार जोशी, आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेत, पूर्वाधार विकास समितिका संयोजक शिवराम राउत, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक भगवान खत्री र सुशासन, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिका संयोजक सानुकाजी कायस्थले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।