-श्यामकृष्ण लम्साल । विद्दवानहरुले भनेका छन्, राजनिति राज्य सञ्चालन गर्ने मूल नीति हो।जसले राज्यका तमाम नीतिहरुलाई मार्गनिर्देश एवं नेतृत्वप्रदान गर्दछ।यसको अर्थ यो हुन आउछ कि असल राजनीतिविना अरु कुनै नीतिले मात्र राज्यलाई सुसंस्कृत,सुसभ्य एंवम समृद्ध बनाउन सक्दैन,राष्ट्रको संपुर्ण कुराको जिम्मेवारी राजनीतिक दल, तिनका नीति, नेता ,र कार्यदिशामा निर्भर हुने हुदा सर्वप्रथम त नीति, नेता, संगथन र अर्थको सही व्यवस्थापन हुनैपर्छ। यसको अभावमा राजनीतिले सही दिशानिर्देश गर्न सक्दैन।
नेपाली भूमिमा राजनितिक शासन व्यवस्था लोकतान्त्रिक पद्धतीको माध्यमबाट सञ्चालन गर्नुपर्छ भन्ने राजनेता थिए विशेश्वर प्रसाद कोईराला।जसले नेपाली जनतालाई रैतिबाट नागरिक बनाउने लडाँई लडी सफलता प्राप्त गरेका थिए। उनले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद दुनियाकै उत्कृष्ट सिद्दान्तमा पर्छ भनी विद्दानहरुले भन्दै आएका छन्। तर त्यसको ब्यवहारिक कार्यान्वयन कहाँ पुग्यो? शायद उनले जन्माएर हुर्काएको पार्टी नेपाली कांग्रेसका ठूला हुँ भन्ने नेताहरुलाई नै थाहा छैन होला।वी.पी.ले कहिल्यै पनि ठूलो हुने कुरामा जोड दिनु भएन।असल बन्ने कुरामा मात्र हामीलाई प्रशिक्षित गर्नु हुन्थ्यो।मलाई मेरो पिताजी तीर्थराज लम्साल (प्रजातन्त्र सेनानी) ले बताएको कुरा हो यो वी.पी.पार्टीका सबै कार्यकर्ताहरुलाई साथी ठान्नु हुन्थ्यो, आफ्नो विचार र लक्ष्यका सहयात्री,सहकर्मी,साथ दिने साथी ठान्नु हुन्थ्यो, अर्काको इज्जत गर्न जान्नु हुन्थ्यो र त उहाँ जननायक राजनेता महामानव बन्नु भयो।
अर्का राजनेता थिए मदन भण्डारी जसले जनताको बहुदलिय जनवाद नामको सिद्दान्त प्रतिपादन गरी टाउको टेकेर हिड्ने कम्युनिष्ट जमातलाई खुट्टा टेकेर हीडन सिकाए वी.पी.र मदनले प्रतिपादन गरेका सिद्दान्तहरु प्रजातानन्त्रिक समाजवाद र ज.ब.ज. दुबैको मुलबाटो प्रजातन्त्र र समाजवादको सही कार्यान्वयनका माध्यमबाट मुलुक समृद्द बनाउने नै हो।तर दुर्भाग्य उनीहरुका पार्टी नेपाली काङ्ग्रेस र एमाले दुवैले दुवै नेताहरुलाई खोपीका देउता बनाए।राष्ट्रिय पूँजीको विकास गरी त्यसको गर्भबाट समाजवाद कोरल्नुपर्नेमा सामन्तवाद तिरै राजनीति धकेले राष्ट्रिय पूँजीको विकास बिनाको सामान्तवादी र दलाल नोकरसाही पूँजीवादी (नीति)बाट कसरी समाजवादको लक्ष्य हासिल हन सक्ला ?
जनतालाई देखाउने नीति सिद्दान्त जति नै राम्रो भए पनि सामन्तवादी सोच र कार्यकर्तामा दास मात्र उत्पादन गर्ने मनोभावनाबाट ग्रसित नेतृत्वबाट भोलीको मुलुक हाक्न सक्ने नेतृत्व कसरी जन्मेला ? वी.पी.,मदनहरुको सानिध्य पाएकाहरुले बनाउन नसकेको या नचाहेको थिति कुन पुस्तामा कुन नेपाल आमाको सपुत जन्मिएर थामिदेला? अहिले, नेपालका प्रजात्रान्त्रिक आन्दोलन लडेका दलहरुमा आन्तरीक प्रजातन्त्रनै छैन भनिन्छ ।
नेताहरुसँग विज्ञ,त्यागी, निष्ठा स्वाभिमान र इमान बोकेका साथीहरु टाढीएका छन भनिन्छ। तिनका ठाँउमा अयोग्य,लोभिपापी, खुराफाती,जमातको थुप्रो मात्र लाग्यो र त्यही जमातले मुलुक हाक्नुपर्ने अवस्था आइलाग्यो भने मुलुकको भाग्य र भविश्य कता जाला ? वीपी र मदनको सानिध्यता पाएकाहरुले सोच्नु पर्ने कि नपर्ने ? हरेक पार्टीका महाधिवेशन, भेला, बैठकका साथै नेताहरुका जन्मदिन र तिथीमा फोटोमा फूल अविर चाँही चढाउन तछाँड, मछाँड गर्दै उनले देखाएको बाटोको उल्टो बाटो हिड्दा कहाँ पुगिएला ? अयोग्य भिडले नेतृत्व गरेको गन्तव्य कहाँ कस्तो ठाँउमा हुने हो ? अब हाम्रो राजनिती कस्तो बनाउने ? यस तर्फ जिम्मेवार नागरिकहरुको ध्यान जानु पर्ने हो कि ?