काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार बिहान कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो एक घन्टामा अर्जेन्टिनाको स्यानो श्री चेपाङ मापन केन्द्रमा ३३.२ मिलिमिटर वर्षा भएको छ ।
झापाको सनिश्चरेमा १२.४ मिलिमिटर, दोलखाको सिंगटीमा ९.४ मिलिमिटर, सिन्धुपाल्चोकको धापमा १०.४ मिलिमिटर वर्षा मापन भएको छ ।
आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका घेरै र बाँकी हिमाली भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका घेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
राति नै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागको एक(दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।