आज (बुधबार) देशका कम्तीमा १० जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बाढी महाशाखाका अनुसार ‘आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
