काठमाडौं । सुपर सब गोन्कालो रामोसले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि क्रोएसियालाई २-१ ले पराजित गर्दै पोर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थामा क्रिस्टियानो रोनाल्डो र रामोसको गोलमा पोर्चुगलले पुनरागमन जित हात पारेको हो ।
पोर्चुगलले अब अन्तिम १६ मा छिमेकी स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । टोरन्टोमा भएको खेलमा इभान पेरिसिसचले ५३औं मिनेटमा गोल गर्दै क्रोएसियालाई पहिले अग्रता दिलाएका थिए । तर क्रिस्टियानो रोनाल्डोले ६८औं मिनेटमा पेनाल्टीमा बराबरी गोल गरेका थिए ।
रोनाल्डोले पहिलो पटक विश्वकपको नकआउट चरणमा गोल गरे । निर्धारित समयमा १-१ को बराबरीको अवस्थामा रामोसले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा हेड मार्फत बराबरी गोल गरेका हुन् ।