अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ । १०० वर्षको उमेरमा आज आईतवार जर्जियास्थित आफ्नै निवासमा कार्टरको निधन भएको हो । अमेरिकी राष्ट्रपतिको इतिहासमा सबैभन्दा बढी उमेरसम्म बाँच्ने कार्टर पहिलो राष्ट्रपति हुन् ।
कार्टर अमेरिका ३९ औं राष्ट्रपति हुन् र उनी एक कार्यकाल मात्र राष्ट्रपति भएका थिए । उनी सन् १९७७ देखि १९८१ सम्म अमेरिकी राष्ट्रपति थिए । मानव अधिकार, शान्ति र अन्तर्राष्ट्रीय सम्बन्ध विस्तारक लागि उनी अनवरत् क्रियाशील थिए । सन् २००२ मा उनसे विश्व शान्तिकाल लागि नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
उनले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र नेपाली जनताको माया र आतिथ्यप्रति सधैँ प्रशंसा गरेका थिए । नेपालमा उनको कार्टर सेन्टरले चुनावी पर्यवेक्षण, स्वास्थ्य सेवा विस्तार, र शान्ति प्रक्रियामा अतुलनीय योगदान दिएको छ । २ पटक नेपालको भ्रमण गरेका कार्टर नेपालको शान्ति प्रक्रियाका एक बलियो आधार थिए ।
हाल पनि नेपालमा कार्टर सेन्टर क्रियाशील छ भने उनी ह्याबिटाट फर ह्ययुमनिटी संस्थाको संस्थापक भएर मानवीय सेवाको क्षेत्रमा क्रियाशील थिए । कार्टरका चार सन्तान र ११ जना नातिनातिना छन् । उनकी श्रीमतीको गत वर्षको नोभेम्वरमा निधन भईसकेको छ । नेपालका सच्चा हितैषी शताब्दी आयु बाँचेर दिवंगत भएका राष्ट्रपति कार्टरप्रति भावपूर्ण श्रद्धाञ्जली ।