कीर्तिपुर नगरपालिका साँस्कृतिक सम्पदायुक्त सहर हो । २०७९ साल वैशाख ३० गतेसम्म स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भएका नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको पाँच वर्षे कार्यकाल एक वर्ष सकिएको छ । यस अवधिमा नगरपालिकामा भएका काम, सेवा प्रवाह, आगामी योजनाका सम्बन्धमा नकर्मीसँग सत्य आवाजले गरेको कुराकानीः
कीर्तिपुर नगरपालिकाले एक वर्षमा नागरिकले अनुभूती गर्न सक्ने गरी गरेका काम केके हुन् ?
नगरपालिकाले एक वर्षमा कीर्तिपुर अस्पतालमा कीर्तिपुर नगरपालिका स्थानीय बासीले ५० प्रतिशत उपचारमा छुट दिने काम शुरु गरेका छौं । शिक्षा क्षेत्रमा स्नातक तहसम्म निःशुल्क अध्यायपन गराउने कलेजमा भएका सबै विधामा ५० प्रतिशत छुट दिनइने कार्यलाई कार्यान्वयन गरेका छौं । सामाजिक क्षेत्र अन्तर्गत एम्बुलेन्स र सबहानमा निःशुल्क सेवा प्रदान गरेका छौं । कीर्तिपुर बासीको कसैको मृत्य भएमा नगरपालिकाले नगद दश हजार रुपियाँसहित मृत्यु दर्ताको प्रमाणपत्र लिएर मृतकको घरमा आफन्तलाई भेट्न जाने काम गरेका छौं साथै स्थायी नगरबासीको रुपमा जन्म हुँदा तीन हजार नगदसहित जन्मदर्ताको प्रमाणपत्र प्रदान गर्ने गरेका छौं यो कार्य अन्य पालिका भन्दा फरक रुपमा हामीले शुरुवात गरेका छौं ।
कीर्तिपुरमा एक वर्षमा भौतिक पूर्वाधारका क्षेत्रमा के के काम भएका छन् ?
नगरपालिकामा भौतिक पूर्वाधारमा धेरै काम भएका छन् । पूर्णरुपमा भौतिक पूर्वाधारको काम नभएपनि सन्तुष्ट लिन सकिने गरी काम भएका छन् । बढि जसंख्या लाभाविन्त हुने गरी मागका आधारमा हामीले नगरपालिका क्षेत्रमा भौतिक पूर्वाधारको काम गरेका छौं । खानेपानीको हकमा सुन्दरीघाटमा पाइप विछ्याउने कार्य भएको छ । मेलच्चीको पानी वितरणमा व्यवस्थापनका लागि काम भइरहेको छ । खानेपानी लागि ट्यांकी निर्माण गर्ने काम भइरहेको छ ।
खानेपानीको कीर्तिपुरमा मेलम्चीको पानी वितरण भएपछि खानेपानीको समस्या करिब अन्त्य हुँनेछ । पुरातत्वाविक सम्पदा क्षेत्रमा भने सडक बनाउने पर्ने छैन । नयाँ वस्ती क्षेत्रमा भने बाटो बनाउन दुबैतर्फ वाल लगाएर काम गर्नुपर्नेछ । त्यसले गर्दा लगात अली बढि लाग्ने गरेको छ ।
नगररपालिकामा नागरिकका गुनासो कस्ता कस्ता आउने गरेका छन् ?
कीर्तिपुरकामा बसोबास गर्ने विभिन्न वर्गका मान्छेहरु छन् । वर्ग अनुसार गुनासो र माग पनि फरक फरक छ सम्पन्न वर्गका माग फोहोर व्यवस्थापन, व्यवस्थित सहरी योजना निर्माण लगायतका माग हुन्छन् भने सामान्य खालका व्यक्तिको माग भने सडक पूर्वाधार नै हुने गरेका छन् ।
कीर्तिपुर साँस्कृतिक सहर हो यहाँका सम्पदाको पुनःजागरण गर्ने कार्यमा नगरपालिकाले केके काम गरेको छ ?
हामी निर्वाचित भएर आइसकेपछि साँस्कृतिक सम्पदा संरक्षण ऐन पारित गरेका सम्पदा संरक्षण गर्ने कार्य गरेका छौं । सम्पदालाई जगर्ने गर्ने पहिलो कर्तव्य हुनेछ भनेर हामीले स्वीकार गरेका छौं सोही अनुसार अहिले कीर्तिपुरमा सम्पदा संरक्षणको काम भइरहेको छ ।
स्थानीय तह आफैमा सरकार हो यस बीचमा नगरपालिकाले सुशासन कायम गर्नका लागि अहिलेसम्म कतिवटा कानुन निर्माण गरेको छ ?
नगरपालिकाले आवश्यकतामा आधारमा ऐन निर्माण गर्ने गरेको छ । बनाएका कानुनलाई पनि नगरपालिकाले क्रमिक रुपमा कार्यान्वयन गर्दै आएको छ । साँस्कृतिक सम्पदा संरक्षणका लागि दफा गीतलाई संरक्षण गर्न लागिएको छ । कीर्तिपुरको टोलभित्र धेरै सम्पदायुत्त पाटी छन् त्यहाँ बसेर गाउने दफा गीत संरक्षण गर्न नगरपालिकाले काम प्रारम्भ गरिसकेको छ । दफा गीत लोभ हुने अवस्थामा पुगेको सो दफालाई पुनःजागरणका लागि लागि नगरपालिकाले दफा गीत संरक्षण गरेको गर्न कार्य शुरु गरेको हो ।
एक वर्षको समयमा नगरबासीसँग नजिक रहेर काम गर्दा यहाँ आफैं सन्तुष्ट हुनुहुन्छ ?
एक वर्षमा जत्ति गर्नुपर्ने हो तीन सबै काम गर्न नसकिए पनि एक वर्षमा गर्नुपर्ने कामको करिब ८० प्रतिशत काम सम्पन्न गरेका छौं । केही प्राविधिक कारणले कतिपय काम गर्न सकिएको छैन । यही वर्ष प्राविधिक शिक्षालय स्थापना गर्ने उद्देश्य थियो प्राविधिक कारणले यस वर्ष प्राविधिक शिक्षालय स्थापना गर्न सकिएन अर्को वर्ष भने प्राविधिक शिक्षाले स्थापना गर्ने काम हुन्छ ।
अबको बाँकी चार वर्षको समय नगरपालिकाले केके गर्नुपर्ने देखिएको छ ?
अबको चार वर्षमा मूलत दुईटा काम गर्नै पर्ने देखिएको छ । एउटा प्राविधिक शिक्षलाय स्थापना गर्ने अहिले कीर्तिपुरले एक घर एक स्नातकको बनाउने उद्देश्यले स्नातक तहसम्म पढ्ने विद्यार्थीलाई निशुल्क पढाउने काम गरेका छौं । अबको पाँच वर्षमा एक घर एक इन्जिनियर बनाउने कीर्तिपुरको योजना हो त्यसका लागि कीर्तिपुरले प्राविधिक शिक्षालय निर्माण गर्दैछ । अर्को भनेको कीर्तिपुरमा सर्वसाधारण्को पहूँचको जर्नल अस्पताल निर्माण गर्दैछौ । नगरपालिकाको आफ्नै अस्पताल त छर्दैछ अब सोही अस्पताललाई अपग्रेड गरेर जनरल अस्पताल बनाउने योजना बनाएका छौं । सम्पदा पुनःनिर्माण र नवनिार्माणको बाँकी काम पूरा गर्ने लक्ष्य हाम्रो हो त्यो काम अबको बाँकी समयमा गछौं ।
घोषणा पत्रमा उल्लेख गरिएका योजनाहरु कति जत्ति पूरा भए । घोषणा पत्रमा सबै जसो काम पाँच वर्षमा गर्ने भनिएको छ । त्यसमध्ये मूलत स्वास्थ्य शिक्षा, र भौतिक पूर्वाधार लगायतका काम हो । रोजगार नगरपालिकाले दिदैन भनेर हामीले भनेका छौ तर रोजागरी युक्त बन्नका लागि नगरपालिकाले आवश्यक सीप र शिक्षा प्रदान गर्छ भनेका छौं ।
अन्तरपालिका सहकार्य अली कमजोर भएको हो ?
उपत्यका नगरपालिकाले व्यवस्थापन गर्न र व्यवस्थित सहरीकरण गर्न अन्तरपालिका समन्वय गर्न अलि कमजोर भएको देखिन्छ अन्तरपालिकामा भएका राम्रो काम अनुशरण गरेर अगाडि बढ्नु आवश्यक छ । आगमी दिनमा हामीले गर्न सकिने कुराहरुमा अन्तरपालिका समन्वय र सहकार्य गरेर अगाडि बढ्छौं ।