भक्तपुुर । मध्यपुर थिमि नगरपालिका, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच ब्रेन डेथ अंगदान तथा प्रत्यारोपण सम्बन्धि अन्तक्रिया सम्पन्न भएको छ । ब्रेन डेथ प्रचार प्रसार समाजको संयुक्त आयोजनामा ब्रेन डेथ, अंगदान तथा अंग प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
शनिबार अयाोजित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, मध्यपुुर थिमी नगरपालिका, र नेपाल कोरिया मैत्री नगरपालिका अस्पातलको संयुुक्त आयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मध्यपुुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले अंगदान ठूूलो मानविय धर्म भएको चर्चा गर्दै यसबाट बाच्ने व्यक्तिले नयाँ जीवन प्राप्त गर्ने भएकाले अंगदान गर्न आग्रह गरे । 
सो अवसरमा सरोकारवालाहरुले अंगादन जीवन दान भएको भन्दै अंगदान सम्बन्धमा आमनागरिकलाई उत्प्रेरित गर्दै जानुुपर्नेमा जोड दिए ।