काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध नाराबाजी गर्ने तीन जना पक्राउ परेका छन् । प्रचण्डविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको थियो ।
मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए ।
तर, प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै विरोध गरेका थिए । त्यसबीचमा अर्का एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । सोही नाराबाजीमा संलग्न भएको भन्दै तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।