काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको नतिजा आउन थालेको छ । देशभरका विभिन्न क्याम्पसमा स्वविय चुनाव भइरहँदा स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसको नतिजा आएको छ ।
स्ववियु निर्वाचनमा सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुका संजोग थापा सभापतिमा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा कुशुम ढकाल र कोषाध्यक्षमा रेश्मी नेपाली निर्वाचित भएका छन् ।
सदस्यहरुमा अमिशा सुनार, कविता गुरुङ, अनुपराज गौतम, अमिशा गौतम, पुष्पा कुँवर, प्रतिक्षा गोदार र स्मृति कुँवर निर्वाचित भएका छन् ।