हेटाैंडा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा पद प्राप्तिका लागि विचलन देखिएको टिप्पणी गरेका छन् । ग्रासरुट अभियानलाई सम्बोधन गर्न शनिबार हेटौंडा आइपुगेका विष्टले पत्रकारहरुसँगको भेटघाटका क्रममा यस्तो बताएका हुन् ।
‘प्रचण्डमा पद प्राप्ती वा पद जोगाउनका लागि जुन प्रकारको अवसरवाद देखा परेको छ । यो अवसरवाद राष्ट्रको सम्बृद्धी र जनताको जीवन रुपान्तणको लागि नेपालको राजनीतिमा एकप्रकारको कालो बादलको रुपमा देखा परेको छ । एकै शब्दमा भन्ने हो भने देशको प्रगतीको बाधक बनेको छ,’ विष्टले भने ।
सचिव बिष्टले कालो बादल पन्छाएर नेपालको राजनीतिलाई खुल्ला सफा आकाश जस्तो बनाउन जरुरी रहेको पनि बताए । आवश्यकतालाई भविष्यको दिनहरुले थप परिणाममुखी बनाउनेमा एमालेकै हात रहने उनले बताए ।