काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदानमा सुरु हुँदैछ ।
समूह ‘सी’मा रहेको नेपाल अंकबिहीन छ । शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले चार अंक जोडिसकेको छ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ भने वेस्ट इन्डिज तेस्रो जित निकाल्दै सुपर आठमा पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ । पहिलो खेलमा इंग्ल्यान्ड र दोस्रो खेलमा इटालीसँग पराजित भएको थियाे ।
भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको अईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को समूह चरणका चार खेल नेपालले भारतमै खेल्दैछ ।