काठमाडौँ । स्थानीय बजारमा सुन र चाँदीको मूल्य आज सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँ कायम भएको छ । जुन बिहीबारको मूल्य २ लाख ७६ हजार ५०० भन्दा ७०० रुपैयाँले बढी हो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ हजार ६४५ रुपैयाँ पुगेको छ । बिहीबारको मूल्य ५ हजार ४८५ भन्दा १६० रुपैयाँले बढेको हो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४,६१५ अमेरिकी डलर र सेतो धातु चाँदी ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।