काठमाडौँ । चालु आर्थिक वर्षको पुस महिनामा मात्रै १ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयकाअनुसार चालु आव २०८२/८३ को पुस महिनामा मात्रै उक्त राजस्व संकलन भएको हो ।
पाण्डेयकाअनुसार ६ महिनामा ५ खर्ब ७५ अर्ब ७९ करोड संकलन भएको छ । जुन ६ महिनाको लक्ष्यको ८० प्रतिशत र वार्षिक लक्ष्यको ३९ प्रतिशत हो ।
गत वर्षभन्दा यसवर्ष राजस्व संकलनमा वृद्धि भएको छ । जेनजी आन्दोलन तथा अन्य प्राकृतिक प्रकोपको प्रतिकुलताकाबीच यस वर्ष राजस्व संकलन बढेको हो ।