काठमाडौँ । पिस्कर आन्दोलन पछिको कारागार जीवनका अनुभूति, भोगाइ र भित्री यथार्थताको दस्तावेज ‘जेलभित्रका संघर्ष’ सार्वजनिक हुन लागेको छ । एमाले नेता सरेश नेपालद्वारा लिखित पुस्तक ‘जेलभित्रका संघर्ष’ माघ १ गते सार्वजनिक हुने भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा मेरो सस्मरणात्मक कृति ‘जेलभित्रका सङ्घर्ष’ लोकार्पण कार्यक्रम राष्ट्रिय सभा गृह राखिएको छ । उक्त कृतिले बन्द जीवनका पीडा, प्रतिरोध र मानवीय संघर्षलाई उजागर गरेको बताइएको छ ।
लेखक नेपालले कारागारलाई केवल सजायको स्थल होइन, राज्य–नागरिक सम्बन्ध, न्याय प्रणाली र मानवीय संवेदनाको कठोर परीक्षा हुने ठाउँका रूपमा चित्रण गरेका छन् । नेपाल एमाले राजनीतिमा सक्रिय नेता हुन ।