काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरु सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकारबाट फिर्ता भएको बताएका छन् । उनले सबै मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने निर्णय सर्वसम्मतबाट पारित भएको बताए ।
सो पार्टीका सभापति रवि लामिछानेले भने, 'मन्त्रीहरुलाई फिर्ता बोलाइ सरकारबाट बाहिरिने सर्वसम्मत निर्णय गरको छ ।'
उनले भएको र देखाएको विषय आकाश जमिनको फरक रहेको बताए । 'जे भएको छ र देखाइएको छ आकाश जमिनको फरक छ । हामीले एक एक मतको हिसाब राखेका छौँ,' उनले भने ।