काठमाडौं । प्रेस चौतारी नेपालले आफ्नो २५ औँ स्थापना दिवसमा ६ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । संगठनको सचिवालय बैठकले बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा गगठन गरेको पुरस्कार छनोट समितिले पत्रकारहरुलाई पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कार छनौट समितिले पुरस्कारको शीर्षकका आधारमा विभिन्न मापदण्ड निर्माण गरेको थियो ।
महासचिव हिरामान लामाका अनुसार हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार यस बर्ष प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईं प्रदान गरिने भएको छ ।
उक्त पुरस्कार संगठनको २५ औँ स्थापना दिवसको दिन यहीं माघ २२ गते नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यमा काठमाडौँमा सम्पन्न हुने विशेष समारोहका बिच प्रदान गरिने महासचिव लामाले जानकारी दिए ।
यी हुन् पुरस्कृत हुने ६ जना पत्रकारलाई
१) हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार
डा बालकृष्ण चापागाईँ ९ रुपन्देही
२) अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार
कृष्ण केसी – लमजुङ
३) डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
याम शर्मा – दैलेख
४) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार
लक्ष्मि साह – बारा
५) सावित्रीदेवी – पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार
लीलाराज भट्टराई – सुनसरी
६) चन्द्र न्यौपाने – शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार
ममता भट्ट – डडेलधुरा