दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रेस संयोजकमा प्रेस चौतारी नेपालका नेता टिका बस्नेत नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री गिरीको प्रेस संयोजकमा बस्नेतलाई नियुक्त गरेको हो ।
बस्नेत प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेशका सहइञ्चार्ज हुन । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बस्नेत दाङका स्थायी बासिन्दा हुन । मुख्यमन्त्री गिरीले प्रेस चौतारीकै सिफारिशमा बस्नेतलाई प्रेस संयोजक नियुक्त गरेका हुन् ।
यसैगरी स्वकीय सचिवमा प्रेस चौतारीकै केन्द्रीय सदस्य अमृत गिरी र एमाले नेता पुष्पराज अधिकारी नियुक्त भएका हुन् । गिरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज हुन् ।