काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएकाे छ । प्रधानमन्त्री दाहाललाई भेट्न रवि मंगलबार बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेका हुन् ।
सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्रीकाे पद तथा जिम्मेवारी गुमाएका पूर्वगृहमन्त्री लामिछानेले आज प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । पार्टीले आधिकारिकरूपमा नै गृहमन्त्री फेरि रास्वपाले पाउनुपर्ने दावी पेस गरेको छ ।
रविलाई पुन:गृहमन्त्री बनाउनका लागि सरकारमा सहभागी दल नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओली सहमत छन् । तर माओवादीका केही नेताले भने यसलाई समर्थन नगरेकाे कारण यसबारे निरन्तर छलफल भइरहेकाे छ ।