सङ्सुवासभा । सङ्सुवासभाको खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले नगरपालिकामा विकास निर्माणसँगै सुशासनलाई उच्च प्राथमिकता दिएर अगाडि बढाएको बताउनुभएको छ । नागरिकलाई सहज सर्वसुलभरुपमा सेवा प्रवाह गर्न सक्ने गरी नगरपालिकाले सुशासनलाई उच्च प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार नगरपालिकाले आवश्यकताका आधारमा कर्मचारी बैठक बसी सुशासन र सहजरुपमा सेवा प्रवाह गर्नका लागि निर्देशन प्रदान गर्ने गरिएको, सेवाग्राहीको गुनासो तत्काल सुनुवाइ हुने गरिएको, योजना कार्यान्वयको अनुगमन हुने गरिएको अनुगमनबाट प्राप्त गुनासाको सम्बोधन गर्ने गरिएको छ ।
नगरपालिकाले सहजरुपमा सूचना प्रवाह गर्नका लागि सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी व्यवस्था गरिएको, नगरपालिकाका निर्णय ओइभसाइडमा राखी नगरपालिकाले सुशासनलाई उच्च प्राथमिकता दिने गरिएको छ । सामािजक सुरक्षा भत्ता प्रत्येक वडामा पुर्याउने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने काम खाँदाबारी नगरपालिकाले गरिरहेको प्रमुख थपलियाले बताउनुभयो । आगामी दिनमा सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउने योजना बनाएको समेत उहाँले जानकारी दिनुभयो ।