कला, सम्पदा, सँस्कृतिको मौलिक पहिचान बोकेको मध्यपुर थिमी नगरपालिका मौलिक साँस्कृतिक सहर हो । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि नगपालिकामा जनप्रतिनिधि आएपछि नगरपालिकाको कामलाई थप पारदर्शि र सुशासनयुक्त पार्दै मौलिक परम्परालाई जोगाउने अभियान सञ्चालन भएका छन् । नगरपालिकाको भावी योजना र कार्यक्रमका बारेमा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठसँग हाम्रा संवाददाताले गर्नुभएको कुराकानीको सारसंक्षेप ।
मध्यपुर थिमी नगरपालिकाले कानुन निर्माणको क्षेत्रमा केके काम गरेको छ ?
पहिला नगरपालिकामा ऐन विना नै काम हुने गरेका थिए । अहिले हामीले जे काम गरेका छौं ।ं त्यो सबै ऐन कानुन बनाएर मात्र काम गरेका छौं । हामीले घोषणापत्रमा उल्लेख भए जस्तै शिक्षा, स्वास्थ्य सहकारीको ऐन बनाएर काम गरेका छौं । पहिला विना कानुन काम गर्दा बेरुजु आउने हुन्थ्यो । अहिले कानुन निर्माण गरेर काम गर्दा सुशासनको पाटोमा समेत थप सहयोग पुगेको छ । पहिला जनप्रतिनिधिले निर्माण गरेका गुरुयोजनालाई हामीले निरन्तता दिएर काम गरेका छौं ।
नगरपालिकामा पहिलादेखि नै स्वबासिको समस्या थियो स्वबासिको समस्याको कसरी समाधान गरिएको छ ?
मध्यपुर थिमीमा स्वबासीहरुको समस्या थियो । बिगत १५÷२० वर्षदेखि स्वबासीको जग्गा दर्ता रोकिएको थियो । हामीले जग्गा दर्ता खुलाएर करिब बाह्र सय जनाले स्वबासीको पूर्जा लिइसकेका छन् यो ठूलो उपलब्धिको रुपमा रहेको छ । बाँकी स्वबासीलाई पनि क्रमिक रुपमा लापूर्जा दिने योजना नगरपालिकाको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाको योजना केके छन् ?
हामीले शैक्षिक क्षेत्रको गुणस्तर सुधार गर्नका लागि संस्थागत र सामुदायिक विद्यालयको प्रअलाई बोलाएर नियमावली बनाउने काम गर्दैछौं । पाँच वर्षमा सामुदायिक विद्यालयको शैक्षिक र भौतिक सुधार गर्ने योजना बनाएउँदैछौं । संस्थागत विद्यालयलाई नगरपालिकाले थप नियमन गर्ने गरी कार्ययोजना बनाउन लागिएको छ । मध्यपुर थिमीमा सहकारी १२८ वटा दर्ता भएका छन् तर सञ्चालनमा २०० वटा छन भन्ने छ त्यो तथ्याङ्क नगरपालिकासँग छैन । नगरपालिकामा दर्ता नभएका सहकारीलाई सूचिकृत गर्न यस अगाडि नै आग्रह गरिसकेका गरेका छौं ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालाई कसरी व्यवस्थित गर्ने योजना नगरपालिकाले बनाएको छ ?
स्वास्थ्य क्षेत्रमा नेपाल कोरियामैत्री नगरपालिका अस्पतालाई थप व्यवस्थित गर्न बिगत पाँच वर्षमा अस्पतालको अडिड गर्ने काम भएको थिएन अहिले हामी आएपछि अस्पतालको अडिड गर्ने काम सम्पन्न भएको छ । प्रशासन सुधार गरेको छौं, ल्याब सुधार गरेका छौं, डाइलसिस सञ्चालन गरेका छौं । छिट्टै सीटी स्क्यान आँदैछ । हिजो स्वास्थ्य बीमा गर्नेे बिमितले सुविधा पाएनौं भन्ने गुनासो थियो । अहिले त्यो समस्या छैन् । सबै बिमितले सुविधा पाएका छन् । मध्यपुर बासीलाई साउन १५ गतेदेखि रगत निशुल्क अभियान सञ्चालन गर्यौं । मध्यपुर बासीले अहिले रगतको अभावले भौतारिनुपर्ने अवस्था छैन् ।६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकका बीमा सुरु गरेका छौं । ज्येष्ठ नागरिकमार्फत उहाँका पाँच जना परिवारलाई स्वास्थ्य बीमा नगरपालिकाले पैसा दिने गरी अभियान सुरु भएका छन् । पाँच वर्षमा सबै मध्यपुर बासीको बिमा गर्ने लक्ष्य लिएका छौं । कोरियन अस्पतालको प्राङ्गणमा ब्लड ब्याक खोल्ने भनेर एक करोड रुपियाँ बजेट विनियोजन गरेका छौं । यस वर्ष पूर्वाधार निर्माण र अर्को वर्ष ब्यालड बैंक स्थापना गर्नेछौं ।
मध्यपुर थिमीको कतिपय स्थानमा हाइटेन्सन लाइनहरु छन यी लाइनलाई कसरी व्यवस्थित गर्ने योजना नगरपालिकाले बनाएको छ ?
मध्यपुर थिमीमा हाइडेन्शन लाइनको अण्डरग्राउन्ड गर्ने काम प्रारम्भ भएको छ । हाइटेन्टशन लाइन हटाउने कार्य मध्यपुर थिमीको कोर एरियाबाट शुरु हुन्छ । तीन वर्ष भित्र नगरपालिका क्ष्ँोत्रलाई विद्युत प्राधिकरण र नगरपालिकाले तारमुत्त सहर निर्माण गरिनेछ ।
मध्यपुर थिमीको मौलिक सम्पदाको जोगाउन नगरपालिकाले केके काम गर्दैछ ?
मध्यपुर थिमीको टोल टोलमा मौलिक नाम राख्ने गरी अर्को वर्षदेखि काम शुरु गर्नेछौं । जिपिएस म्यापिङ्गमा नै मौलिक नाम राख्ने गरी विज्ञ समूहले काम गर्दैछौं । नगरपालिमा दुईवटा सहर छन । एउटा पुरानो र अर्को आधुनिक सहर छ । पुराना सहरलाई पुरातात्विक रुपमा नै निर्माण गर्ने जस्तो पुराना सम्पादा क्षेत्रमा परम्परागत घर बनाउन प्रोत्सान गर्ने । नगदेश बोडे र चापाचो लागयतका क्षेत्रमा घरको अगाडिको मोडा परम्मपरागत बनाउन प्रोत्सान गर्ने योजनामा छौं । मैले २०५४ सालदेखि निरबाराही जोगाउनपर्यो भनेर अभियभान चलाएको थिए । त्यसका लागि गुरुयोजनाको आवश्यक पर्छ । बिगतमा पनि गुरुयोजना बन्यो तर गुरुयोजना थन्काएर राखियो । अहिले काम गर्ने गरी गुरुयोजना निर्माण गरी सञ्चालन गर्दैछौं । अब हामीले निरबाराही विकास समिति गठन गरेर समितिमार्फत काम गर्दैछौं ।
पाँच वर्षमा गरिनो महत्वपूर्ण काम केके हुन् सक्छन् ?
नगरपालिकाको प्रशासनिक भवन निर्माणको प्रक्रिया अगाडि बढाउँदैछौं त्यसका लागि जग्गा प्राप्ति गर्ने प्रक्रियामा छौं अर्को वर्षबाट भौतिकरुपमा काम शुरु गरी त्यसको दुई वर्षभित्र प्रशासनिक भवन निर्माण सम्पन्न गर्नेछौं ।
एक अर्ब रुपियाँ कोरियन संस्थाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई दिदैछ त्यसका लािग कोरियन संसदले उक्त बजेट अस्पतालाई दिनका लागि बजेट संसदबाट बजेट पास गरिसकेको छ । त्यसपछि कोरियन मैत्री नगरपालिका अस्पताल दुई सय बेडको सुविधा सम्पन्न अस्पताल बनाइनेछ । सिद्धिकाली मन्दिरदेखि क्षयरोग अस्पतालको पछाडीसम्म पैदल मार्ग निर्माण गर्ने, बिहान मडिङ वाक गर्ने, खानेपानीको समस्या नगरपालिकामा छ । अहिले मेलम्चीको पानी सबै उपत्यकाबासीलाई पुग्ला जस्तो छैन् । अहिले मनोहरामा दैनिक दुई करोड लिटर पानी दिन सक्ने क्षमता छ । त्यो पानीलाई शुद्धिकरण गरेर नगरपालिकाले १४ लाख लिटर क्षमताको पानी अट्ने टयाङकी कमेरोटारमा निर्माण गर्ने ।
फोहोर व्यवस्थापनका लागि अहिले भएको रिकिसी मात्र समाधानको उपाय होइन यो वडा नं. ४ मात्र सिमिति छ । वैकल्पिक उपायको लागि जग्गाको खोजीको गर्ने । तत्कालका लागि त सिसडोल नै हो ।
अरनिको राजमार्गमा अन्तर्गत मध्यपुर थिमी नगरपालिकाको भूगोल पर्ने जडिवुटीको मनोहरादेखि राधे राधेसम्म सडकको दायाँबायाँ बगैंचा निर्माण गरी सडक व्यूटिफिकेशन गर्ने काम गर्ने । त्यस्तै सो क्षेत्र सडक बत्ति नभएको भित्री सडकमा पनि सडक बत्ति राख्ने कार्य शुरु गर्ने लगायतका काम उच्च प्राथमिकतामा राखेका छौं ।