भौगोलिक विविधता र आफ्नै छुट्टै मौलिकता भएको, नेपालकै पवित्र धार्मिक तिर्थस्थल रहेको काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा स्थानीय तहको दोस्रो निर्वाचनपछि विकास निर्माणसँगै सुशासनले प्राथमिकता पाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकामा नगर प्रमुखको रुपमा निर्वाचित दिपककुमार रिसालसँग हाम्रा संवादताले गर्नुभएको कुराकानी ।
गोकर्णेश्वर नगरपालिकामा तपाई नगर प्रमुखमा निर्वाचित भएसँगै शुरु भएको नयाँ काम केके हुन् ?
नगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब २० करोड रुपियाँको बजेट पारित गरेको छ । संघ प्रदेशको रोकिएका कतिपय योजनाहरु पुनः सञ्चालन गरेको छ । कपितय योजनाहरु सम्पन्न भएका छन् भने कतिपय सम्मपन्नको चरणा छन भने अधिकांश सम्झौता भएका छन् । खानेपानी, बाटोे , सञ्चालन गरेका, विभिन्न टेण्डर भएर रोकिएका बाटोहरुमा बागमती करिडोरको पनि सञ्चालन भएको छ । आरुबारी डाँडा गाउँमा ए.डि.बी ले सुरु गरेको २ अर्ब रुपियाँ बजेटको काम पुनः सञ्चालन गरेको छ ।
फोहोरमैला व्यवस्थापनमा गोकर्णेश्वर नगरपालिकामा के काम गरेको छ जुन अन्य पालिकाका लागि पनि अनुसरणीय भएको छ ?
फोहोरमैला व्यवस्थापनमा गोकर्णेश्वर नगरपालिकाले जापानबाट ल्याएको इन्सिनेटर मेसिन सञ्चालनमा छ । जसबाट फोहोरबाट कम्पेष्ट मल बनाउने काम सुरु गर्न १० रोपनी जग्गाको व्यवस्थापन गर्नका लागि विज्ञहरुको सुझाव दिएको थप विज्ञसँग छलफल गरेर अगाडि बढ्ने योजना बनाएका छौं ।
नगरपालिकामा सेवा प्रवाहका लागि अहिले भएको काम केके हुन् ?
प्रशासकीय भवनको १८ करोड रुपियाँको टेण्डर भएर काम सुचारु भएका छ । प्रशासनिक भवनमा व्यवसायिक दृष्टिले २ वटा तलामा व्यापार गर्न सहुलियत दरमा भाडामा दिने र ९ वटा वडामा नै प्रशासनिक भवन पुरा भएको छ ।
अहिले नगर अस्पताल २ रोपनी मा भएकोमा पर्याप्त नभएको हुँदा संघीय सरकारले २० करोड र नगरपालिकाले पनि बजेट राखेर ठुलो ठाउँमा २ वर्ष भित्रमा ठूलो नगर अस्पलात बनाउने योजना बनाइएको छ । स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात भएको छ । ४००० जनाले स्वास्थ्य बीमा गरिसकेका छन् । स्तरीय खालको स्वास्थ्य सेवा दिने नगर अस्पलात बनाउने योजना बनाएको छ । सामुदायिक विद्यालयमा भौतिक सुधार गरी १६ वटा विद्यालयलाई भवन बनाउन बजेटमा बिनियोजन , छात्रबृत्ति, तालिम लगायतका काम भएका छन् ।
क्रमिक रुपमा सहरीकरण विस्तार हुँदै गएको गोकर्णेश्वर नगरपालिकामा खानेपानीको व्यस्थापन कसरी गर्न लागिएको छ ?
खानेपानीमा सुन्दरीजल र मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका हुँदै बग्छ । ७० प्रतिशतले खानेपानीको सुविधा लिइसेकेका छन भने ३० प्रतिशतलाई पानी दिन बाँकी छ । २ अर्बको प्रोजेक्ट हालेको सफल भएका ३ वटा वडालाई पानी पुग्छ र अन्य बाँकी ६ वटाको पाइपलाइन विस्तार भएको छ । खानेपानी र पूर्वाधार २ वर्ष भित्रमा सम्पन्न गर्ने योजना रहेको छ ।
धार्मिक पर्यटकीय गन्तव्यको रुपमा मानिने गोकर्णेश्वरमा भएका धार्मिक क्षेत्रलाई कसरी अगाडि बढाइएको छ ?
गोकर्णेश्वर महादेव मन्दिर लिच्छिविकाल देखिको धार्मिक पर्यटकिय हिसाबले गुह्यश्वरीदेखि वागद्धारसम्म र गोकर्णेश्वरमहादेवदेखि उत्तरबाहिनी देखि सुन्दरी जल माथि सम्म पर्यटकिय क्षेत्र भएको धार्मिक पर्यटकिय क्षेत्रलाई अगाडि बढाउने धाप ड्याम र निर्माण गर्ने बागमती सरसफाईबाट चौबिसै घण्टा सफा पानी बग्न धाप ड्याम सफल, बनाउन लागेको, धाप ड्यामबाट सधै सफा पानी बागमतीमा बग्ने गोकर्णेश्वर नगरपालिका बासिन्दालाई आर्थिक स्थिति बलियो बनाउन आधार नै पर्यटकिय क्षेत्र हो ।
रोजगारका हिसाबले, धार्मिक पर्यटन आन्तरिक पर्यटन प्रबद्र्धनका हिसाबले तारेभिर सुन्दरीजल राष्ट्रिय निकुञजमा कार्यक्रम गरेर पर्यटन र धार्मिक हिसाबले आर्थिक उन्नती गर्न सक्छ । सुन्दरीजल, नयाँपाटी, बालुवा र गोकर्ण कृषि पर्यटक क्षेत्र हो । कषि क्षेत्रका लागि पनि पर्याप्त मात्रामा बजेट विनियोजन गरेका छौं । तरकारी खेती र बाख्रापालनका हो । बाख्रापालनका लागि नगरपालिकाले अनुदानमा दिने योजना छ ।
खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले केके काम गरेको छ ?
पूर्वाधार, शिक्षा र स्वास्थ्यको लागि २ वर्ष भित्रमा नमुना लायक बनाउने युवा रोजगार, खेलकुदको २ वटा कभड हल बनाउदै, ३५० को स्टेडियम बनाउदै, गुराँसका ५०० बिरुवा रोपेको र सुन्दर हराभरा गोकर्णेश्वर नगरपालिका बनाउने योजना छ ।