काठमाडाैं । प्रतिनिधि सभाले कार्य सञ्चालनका लागि नियमावली मस्यौदा समिति गठन गरेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले समिति गठन गरियोस भन्ने प्रस्ताव गरेका हुन् । कांग्रेसका रामकृष्ण यादव र एमालेका ऋषिकेश पोखरेलले समर्थन गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
समितिमा नेकपा एमालेका सुवास नेम्वाङ, नेपाली कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राप्रपाका ज्ञानेन्द्र शाही लगायत छन् । मंगलबारको प्रतिनिधि सभा बैठकले सभामुख र उपसभामुको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न एमालेका कृष्ण गोपाल श्रेष्ठ र माओवादीकी विमला सुवेदीको नाममा सहमति जनाएको छ ।