काठमाडौं । नागार्जुन नगरपालिकाले नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम आवश्यक भएकाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नका लागि स्वास्थ्य बीमा बोर्ड टेकुलाई कार्यक्रम सञ्चालन गर्न अनुमती दिने भएको छ ।
जिल्लाको अन्य नगरपालिकाहरुमा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम लागु भइसकेको र नागार्जुन नगरपालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम आवश्यक भएको हुनाले स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौंलाई स्थानीय तह स्वास्थ्य बीमा कार्यक्रम संचालन कार्यविधि अनुसार कार्यक्रम सुरु गर्न अनुमति दिने निर्णय गरिएको नागार्जुन नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षता बुधबार बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रम सञ्चचालनका लागि अनुमती दिने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०८०÷०८१ को लागि प्रदेश समपुरक अनुदान र प्रदेश बिशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने आयोजना ÷ कार्यक्रमहरुको लागि आर्थिक मामिला तथा योजना मन्त्रालय,बागमती प्रदेशमा विभिन्न योजनाहरु पेश गर्ने निर्णय गरिएको नगरपालिकाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नगर कार्यपालिकाको बैठकमा नगर उपप्रमुख श्री शुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत श्री इश्वरीप्रसाद ढकाल, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।