काठमाडाैं । चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा भित्रने रेमिट्यान्स ९.१ प्रतिशतले वृद्धि भएको छ । चालु आवको कार्तिक महिनासम्म ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गत आवको सोहि अवधिमा ४ खर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । गत आवको सोहि अवधिमा रेमिट्यान्स २२.५ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।
यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.५६८ अर्ब २६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय रु.५२१ अर्ब ४३ करोड रहेको थियो ।
यो ४ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ जना रहेका छन् रहेको छ । गत वर्र्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ जना रहेका थिए ।