सिन्धुपाल्चाेक । बलेफी गाउँपालिका अध्यक्षले नीति विपरितका गतिविधि गरेको भन्दै विशेष गाउँसभाको माग गरेका छन् । मंगलबार ३७ जना निर्वाचित प्रतिनिधिले सात बुँदे माग सहित संयुक्त हस्तार गरि अध्यक्षले स्थानीय सरकार संचालन ऐन विपरितका काम गरेको आरोप लगाएका छन् । ऐन अनुसार नीति निर्माण नगरी मनोमानी ढंगले निर्णय गरिएकोमा नब्बे प्रतिशत प्रतिनिधिले विशेष गाउँसभाको माग गरेका हुन् ।
माध्यमिक शिक्षा संचालन कार्यविधि, स्रोत सुनिश्चितता वेगरको कार्यान्वयन, स्थानीय राजपत्र, वडा अध्यक्षलगायतको अधिकार, करार कर्मचारी ब्यवस्थापन तथा निशुल्क शिक्षा लगायतका सात बुँदे ध्यानाकर्षण सहित गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षहरु, १४ जना कार्यपालिका सदस्य र ३७ जना जनप्रतिनिधिहरुले विशेष अधिवेशन माग गरेका हुन् ।
बलेफी गाउँपालिकामा ४२ निर्वाचित सदस्य मध्ये एक जना जिल्ला समन्वय समितिका उपप्रमुख छन् भने १६ जनाको कार्यपालिका रहेको छ । अक्तियार दुरुप्रयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, बागमती प्रदेशलगायतलाई वोधार्थ सहितको विज्ञप्ति मंगलबार गाउँपालिकामा दर्ता गराएको छ ।