काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप हिरासतमा राख्न अनुमति दिएको हो ।
लामिछानेलाई सातौँ पटक कास्की प्रहरीले म्याद थपका लागि बिहिबार अदालतमा उपस्थित गराएको थियो । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की हिरासतमा रहेका लामिछानेलाई यसअघि दिएको ४ दिनको म्याद हिजो सकिएपछि प्रहरीले फेरी म्याद माग्दै अदालतमा उपस्थित गराएको थियो । ९ दिनको म्याद माग्दै पुगेको प्रहरीलाई अदालतले ५ दिनको मात्रै म्याद दिएको हो ।