काठमाडौ । राष्ट्रपति विद्या भण्डारीले ‘राष्ट्रपति कार्यकाल सकिएपछि के गर्ने भन्ने धारणा बनाइ नसकेको बताएकी छन् । एपीवान टिभीसँगकाे अन्तर्वार्ता भण्डारीले भनेकी छन्, ‘राष्ट्रपति कार्यकाल सकिएपछि के गर्ने भन्ने धारणा बनाइसकेको छैन । निष्क्रिय त बस्ने कुरा हुँदैन । सक्रिय नै हुन्छु । सक्रिय हुने क्षेत्र भनेको सामाजिक क्षेत्र नै हुन्छ ।’
कार्यक्रम प्रस्तोता टीकाराम यात्री पूरक प्रश्न गर्छन्, ‘तपाईंलाई त्यसपछि सक्रिय राजनीतिमा देखिँदैन ?’ भण्डारीको जवाफ छ, ‘देख्ने नदेख्ने त्यो पछिको कुरा हो । अहिले नै धारणा बनाएकी छैन । देशका लागि आवश्यक पर्यो भने मेरो सेवा जहाँ आवश्यक पर्छ, म माग गरेर प्रतिस्पर्धा गरेर कहीँ गएको छैन । समयले घचेटेर त्यहाँ पुर्याएको छ, सेवा गर्नलाई ।’