मुम्बई । भारतीय अभिनेत्री कंगना रनोटले तमिल चलचित्र ‘चन्द्रमुखी २’ मा काम गर्ने भएकी छन् । यो सन् २००५ मा बनेको क्लासिक हरर कमेडी चन्द्रमुखीको सिक्वेल हो । अभिनेत्री कंगनाले ‘चन्द्रमुखी २’ मा काम गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । पी वासुले निर्देशन गर्ने यस चलचित्रमा कंगनाको अपोजिटमा तमिल अभिनेता राघव लरेन्स देखिने जनाइएको छ । उनी कञ्चना १ र कञ्चना २ र कञ्चना ३ जस्ता हरर कमेडी चलचित्रबाट चिनिएका छन् ।
भारतीय अभिनेता रजनीकान्त र अभिनेत्री ज्योतिका सरवननले सन् २००५ मा ‘चन्द्रमुखी’ मा काम गरेका थिए । यो चलचित्र सन् २००४ को चलचित्र ‘आपटामित्रा’ को रिमेक हो । यो सुपरस्टार मोहन लालको मलयालम चलचित्र ‘मणिचित्रथजु’ को रिमेक हो । साथै, अभिनेता अक्षय कुमार र अभिनेत्री विद्या बालन अभिनीत चलचित्र ‘भुल भुलैया’ मा मञ्ज’लिकाको चरित्र पनि चन्द्रम’खीबाट लिइएको थियो ।
भातरीय सञ्चार माध्यमका अनुसार अभिनेत्री कंगना डिसेम्बरको पहिलो साताबाट चलचित्रको छायांकनमा व्यस्त हुँदैछन् । चलचित्र ‘इमर्जेन्सी’ को कामबाट अलिकति ब्रेक लिएर उनले यो चलचित्रको काम सुरु गर्ने जनाइएको छ । जनवरीमा इमर्जेन्सीको सुटिङ सकिएपछि अभिनेत्री कंगनाले ‘चन्द्रमुखी २’ मा पुनः छायांकनमा जुट्ने छन् ।
लाइका फिल्म्सले निर्माण गर्ने ‘चन्द्रमुखी २’ लाई कंगना निकै उत्साहित छन् । अभिनेत्री कंगनाले लेखेकी छन्, ‘म आफूलाई धेरै भाग्यशाली मान्छु कि अर्को तमिल फिल्ममा पी वासुजीसँग काम गर्ने मौका पाइरहेको छु ।’