काठमाडौं । गत गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना अझै जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ मंगलबार बिहान ११ः३९ बजेसम्म कुल ९६ लाख ७० हजार ८८३ मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । अहिलेसम्म एमालेले २६ लाख ७ हजार ४७२ मत प्राप्त गरी पहिलो स्थानमा कायमै छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ७० हजार २ सय ३४ मत प्राप्त गरेको छ ।
तेस्रो स्थामा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ९ हजार ७७९ मत पाएको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५९ हजार ७ ५७ मत पाएको छ ।
जनता समाजवादी पार्टी, नेपालले ३ लाख ६७ हजार ७७३ तथा जनमत पार्टी ३ लाख १६ हजार ६५३ मत प्राप्त गर्दै राष्ट्रिय दल बन्न सफल बन्दा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी २ लाख ६८ हजार ४७९ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ ।
यसबाहेक नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ५६१ तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३८ हजार ६९६ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत पुर्याउन सकेका छैनन् ।