काठमाडौं । बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिकाको डोजरमाथि ढुंगामुडा भएको छ । सोमबार दिउँसो थापाथली किनारमा पुगेका नगर प्रहरीमाथि सुकुम्बासीले लाठी प्रहार पनि गरेका छन् ।
महानगर प्रमुख बालेन्द्र साह (बालेन)को निर्देशनमा सुकुम्बासी बस्ती हटाउन नगर प्रहरी पुगेका थिए । उनीहरूमाथि आक्रमण गर्दै मेयर साहविरुद्ध नाराबाजी समेत भएको छ । बस्तीका बासिन्दाले टायर बालेर विरोध गर्नुका साथै झडप समेत गरेका छन् । केही नगर प्रहरी घाइते भएका छन् ।