धनगढी । अछाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का नेता शेरबहादुर कुँवर विजयी भएका छ्न । कुँवर एमाले उम्मेदवार झपड बोहरालाई ४ हजार ४८९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन ।
कुँवरले १९ हजार ५३४ मत प्राप्त गरेका छ्न । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बोहराले १५ हजार ४५ मत प्राप्त गरेका छ्न ।