काठमाडौं । अमेरिकाको कनेक्टिकट राज्यमा ब्यापार, ब्यबसाय गर्दै आएका समाजसेवी अर्जुन खड्काद्वारा काठमाडौं कपनमा रहेको केयर बाल गृहलाइ रु. १५,१००/- (पन्ध्र हजार एकसय) आर्थिक सहयोग गरेका छन् । लामो समय देखि अमेरिकामा ब्यबसाय गर्दै आएका समाजसेवी खड्का सामाजिक कार्यमा सक्रिय व्यक्तित्वको रुपमा परिचित छन्।
नेपाल र नेपालीहरुको हरेक सुख दु:खमा साथ दिदै आएका अर्जुन खड्काले बाडिपिडित, भुकम्प देखि कोभिडको समयमा समेत सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै पिडित नेपालीहरुको दु:खमा मल्हम भर्ने कार्य गर्दै आएका छन् । शिक्षा बाट बन्चित धेरै अनाथ बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आएका अर्जुन खड्का विभिन्न अनाथ आश्रम, बृद आश्रममा पुगेर आर्थिक, खाद्यन्न तथा दैनिक उपभोग्य सामाग्रीहरु वितरण गर्दै आएका छन् । उनि विभिन्न सामाजिक संस्थामा समेत आबद्ध छन् ।
केयर बाल गृहलाइ आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाह, समाजसेवी प्रजुन खड्काको समेत उपस्थिति रहेको थियो । उक्त अबसरमा केयर बाल गृहकी संचालीका पुष्पा अधिकारि र राजनीतिक विश्लेषक, समाजसेवी डा. सुरेन्द्र केसीले बरिष्ठ समाजसेवी अर्जुन खड्काले समाजसेवामा पुर्याएको योगदानको खुलेर प्रसंसा गरेका थिए ।