काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले उक्त पार्टीबाट अलग भएको घोषणा गरेका छन् । नयाँ पार्टीको घोषणा गर्दै चौधरीले सामाजिक सञ्जालमार्फत नाउपा छोडेको घोषणा गरेका हुन् ।
उनले आफ्नो नयाँ पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ भएको घोषणा गरे । ‘आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षक मानिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद,’ उनले भने, ‘आजदेखि भने म त्यो पार्टीबाट अलग भएको छु । नयाँ संगठन निर्माणमा आजैदेखि जुटेको छु ।’