काठमाडौं । निर्वाचन आयोगले असोज ६ गते (आज) देखि अस्थायी मतदाता नामावली संकलन कार्य थालेको छ । आयोगले अस्थायी मतदाता नामावली सकंलनको थालनी गरेसँगै कर्मचारी सरुवा नगर्न सरकारलाई निर्देशन समेत दिएको छ । तीनै तहका सरकारलाई आयोगले निर्देशन दिएको हो ।
आयोगले असोज ६ गतेपति आयोगको अनुमतिबिना कर्मचारी सरुवा नगर्न नगराउन निर्देशन दिएको छ । यस्तै, असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ ९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर हुने व्यवस्थाका लागि निर्देशन दिएको छ ।
निर्देशन संघ, प्रदेश र स्थानीय तहमा लागू हुनेछ ।