तनहुँ । २०७३ साल साउन देखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको छ । तनहुँको दुलेगौडामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा बिहीबार शुक्लागण्डकी–७ की ६१ बर्षिया कुमारी गाहामगरको पित्त थैलीको पत्थरीको मेजर अप्रेसन सफलतापुर्वक सम्पन्न गरिएको हो । सर्जन डा. परिर्वतन बरालको नेतृत्वमा एनेसथेसियोलोजिष्ट डा. रमेश घिमिरे,डा. अभिषेक पौडेल नेतृत्वको टोलीले सफलता पुर्वक शल्यक्रिया गरेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।
अस्पतालमा बिहीबार पहिलो पटक ‘मेजर अप्रेसन’ सफलता पुर्वक सम्पन्न निर्देशक डा. श्रेष्ठले बताए । शल्यक्रिया सेवा सफल भएको अस्पतालको खुशीको बिषय भएको समेत निर्देशक श्रेष्ठले बताए । विरामी गाहामगरको पित्त थैलीको शल्यक्रिया गर्ने काममा अस्पतालमा कार्यरत नर्सिङ्ग अधिकृत रिना पौडेल, स्टाफ नर्सहरु दिलकुमारी भुजेल, सृजना कुंवर, पुजा थापा, एलिसा थापा, रीता श्रेष्ठ, सुस्मिता महत रहेका थिए । त्यस्तै, सहयोगीमा दिलबहादुर विष्ट, शन्तुमाया ढुङ्गाना र नवराज पौडेलको टोली रहेको अस्पताल प्रशासनले जनाएको छ ।
जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र २०७३ साल साउन देखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा गुणस्तरीय सेवा पाएपछि अस्पतालमा तनहुँ,लमजुङ्ग, पाल्पा, स्याङजा, नवलपुरलगायतका जिल्लाबाट सेवा लिन बिरामी आउने गरेका छन् । अस्पतालले सेवा विस्तार गरेर त्यस क्षेत्रका नागरिकहरुलाई सर्वसुलभ मुल्यमा गुणस्तरीय सेवा दिने गौरवको बिषय भएको अस्पतालका बोर्ड सदस्य राम भण्डारीले बताए ।
अस्पतालमा फार्मेसिको व्यवस्थापन राम्रो रहेको बिमाबाट पाउने औषधि नियमित रुपमा पाउने गरेको अस्पतालका फर्मेसी अधिकृत मुकेन्द्रप्रसाद यादवले बताए । अस्पतालको भौतिक विस्तार समेत अगाडी बढ्दै गएको काउन्सिल नीराजन अधिकारीले बताए ।