हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ६ जनाको मृत्युभएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको बताइएकाे छ ।
उनका अनुसार ५ जनाको शव दुर्घटनास्थलमा नै छ र केही बसभित्र थिचिएको आशंका छ । जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य चलिरहेको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।