काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा आगामी चुनावमा सहभागि नहुने भएको छ । विप्लव नेतृत्वको नेकपाले पार्टीभित्र चुनावमा भाग लिने र नलिनेमा दुई धार भएपनि चुनाव बहिष्कार गर्ने निर्णय गरेकोे हो ।
सरकारले चुनावमा जाने वातावरण नबनाएकाले चुनाव बहिष्कार गरिने विप्लव नेतृत्वको नेकपाले बताएको हो । चुनावलाई उपयोग गर्नुपर्छ भन्ने सोच भएपनि सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउने, कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउने गरेकाले चुनावमा भाग नलिने उक्त पार्टीले बताएको छ ।
गत वैशाख ३० गतेको स्थानीय चुनावमा उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको थियो भने चुनावमा राम्रो नतिजा नआएपछि प्रदेश र संघको चुनाव बहिस्कार गरेको सो पार्टीले जनाएको छ ।